२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

साउनको पहिलो दिन पशुपतिनाथमा हजारौँ भक्तजनको भीड, देशभरका शिवालयमा पूजाआजा

काठमाडौँ, १ साउन – हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने साउन महिनाको पहिलो दिन आज पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ। भगवान शिवलाई समर्पित साउन महिनाको आरम्भसँगै बिहान सबेरैदेखि पशुपति क्षेत्र पूजाआजा, दर्शन र व्रत बस्न आउने भक्तजनहरूले भरिएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीका अनुसार, बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार ढोका सर्वसाधारणका लागि खोलिएको थियो र त्यसबेलादेखि नै हजारौँको सङ्ख्यामा श्रद्धालुहरूको आवागमन शुरु भएको हो।

आजबाटै पशुपति क्षेत्रमा कलश यात्रा, विशेष पूजाआजा, आरती, र धार्मिक सभाहरूसमेत सुरु भएका छन्। कोषका अनुसार साउन महिनाभर विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ, जसमा भक्तजनहरूको व्यापक सहभागिता रहने अनुमान गरिएको छ। आजको दिनमात्रै लाखौँको संख्यामा भक्तजन पुगेको कोषले जनाएको छ। भीड व्यवस्थापनका लागि आजदेखि नै पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सप्ताहन्तमा अर्थात् शनिबार र सोमबार भक्तजनको अत्यधिक भीड हुने भएकाले सुरक्षा निकाय र स्वयंसेवकहरूको सहयोगमा व्यवस्थापन गरिने कोषले जनाएको छ। स्वयंसेवकको टोली तयारी अवस्थामा राखिएको छ।

पशुपतिनाथ मात्र होइन, गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरको सानो पशुपति (मक्खन महादेव) लगायतका शिवालयहरूमा पनि आज बिहानैदेखि दर्शनार्थीहरूको ओइरो लागेको छ। साउन महिनालाई विशेष रुपमा लिइने हुँदा भक्तजनहरू व्रत, उपवास र पूजापाठमा व्यस्त देखिएका छन्। चन्द्रमास अनुसार यस वर्ष साउन महिनाको आरम्भ असार २७ गते शुक्रबारबाट भइसकेको हो। चार सोमबारपाँच शनिबार परेको यस साउन महिनामा विशेष धार्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन्, जसमा विशेषगरी महिलाहरू व्रत बसेर शिवजीको आराधना गर्ने चलन रहेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।