२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

मधेशमा अध्ययन टोली पठाउँदै कृषि मन्त्रालय

२ साउन, काठमाडौं । भीषण खडेरीका कारण मधेश प्रदेशका आठ जिल्लामा धान रोपाइँ प्रभावित भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती जिल्लामा अध्ययन टोली पठाउने निर्णय गरेको छ। शुक्रबार कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका निकायसँग छलफल गरी प्रत्येक प्रभावित जिल्लामा दुई/दुई जनाको दरले प्राविधिक टोली खटाउन निर्देशन दिएका हुन्। टोलीले आइतबारदेखि क्षेत्रीय भ्रमण सुरु गर्नेछ। टोलीले मन्त्रालय अन्तर्गत सञ्चालित कार्यक्रम तथा आयोजनासँग समन्वय गर्दै खडेरीका कारण उत्पन्न समस्याको तत्कालीन र दीर्घकालीन समाधानका उपायहरूबारे अध्ययन गर्ने मन्त्रालयले जनाएको छ।

यसअघि मधेश प्रदेश सरकारले लामो समय वर्षा नहुँदा धान रोपाइँ गर्न नसकिने स्थिति बनेको भन्दै आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। खडेरीसँगै पीने पानीको समेत अभाव भएपछि स्थानीय बासिन्दाको दैनिकीमा समेत असर परेको छ। कृषिमन्त्री अधिकारीले अबका केही दिनभित्र पनि वर्षा नभए तीनै तहका सरकारले वैकल्पिक उपायको खोजी गर्नुपर्ने भन्दै मन्त्रालय मातहतका निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। उनले हाल रहेका सिँचाइ संरचनाहरू अधिकतम प्रयोगमा ल्याई सिँचाइका लागि थप विकल्पहरूबारे तत्काल निर्णय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। मधेश प्रदेश कृषि मन्त्रालयका अनुसार अहिले सम्म करिब ४६ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।