२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

युक्रेनमा रूसी आक्रमण, जेल लक्षित हवाई हमला : २० जनाको मृत्यु, ४० भन्दा बढी घाइते

किएभ, १३ साउन – युक्रेनमा रूसी सेनाको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूको अनुसार, जापोरिझिया क्षेत्रमा रहेको जेललाई लक्षित गरी गरिएको मिसाइल आक्रमणमा १६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। उक्त आक्रमणका कारण जेल परिसर ध्वस्त भएको छ र नजिकैका घरहरूमा समेत क्षति पुगेको छ। ड्निप्रोपेट्रोभस्क क्षेत्रमा पनि रूसी आक्रमण हुँदा धेरै नागरिक मारिएका र घाइते भएका छन्। काम्यान्स्के सहरमा भएको मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्। त्यहाँको अस्पताल पनि आक्रमणबाट क्षतिग्रस्त भएको जानकारी दिइएको छ।

सिनेनिकिभ्स्की जिल्लामा गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको र धेरै घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले बताएका छन्। सोमबार राति भेलिकोमिखायलिभ्स्कामा भएको अर्को आक्रमणमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ भने एक ६८ वर्षीय पुरुष घाइते भएका छन्। उक्त आक्रमणले निजी घरमा पनि क्षति पुगेको छ। दक्षिणी रुसमा युक्रेनी ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको स्थानीय कार्यवाहक गभर्नरले बताएका छन्।

सन् २०२२ मा सुरु भएको द्वन्द्वमा दुवै पक्ष सक्रिय छन्। रूसी सेनाले केही नयाँ भूभाग कब्जा गरेको बताएको छ भने युक्रेनी सेनाले पनि ड्निप्रोपेट्रोभस्कको ‘मालियेभ्का’ बस्ती पुनः कब्जा गरेको दाबी गरेको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न वा कडा प्रतिबन्धको सामना गर्न करिब १० देखि १२ दिनको समयसीमा दिईसकेको छन्।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।