२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

एमालेको दबाबमा रोकियो बागमतीका तीन मन्त्रीको शपथ समारोह

१४ साउन, हेटौंडा — बागमती प्रदेश सरकारका तर्फबाट नियुक्त गरिएका तीन मन्त्रीको शपथग्रहण कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहान धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए। उनीहरूमध्ये लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ बजे शपथग्रहण गराउने तयारी थियो। तीनै मन्त्रीलाई सपथ गराउने सूचना सम्बन्धित कार्यालयलाई दिइसकिएको थियो। तर, अन्तिम समयमा आएर नेकपा एमालेको दबाबका कारण शपथ रोकिएको छ। मुख्यमन्त्री लामा नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेले वर्तमान राजनीतिक अवस्था संवेदनशील भएको भन्दै मन्त्री नियुक्ति तत्काल नगर्न आग्रह गरेको हो। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर सरकार विस्तार रोक्न अनुरोध गरेका थिए।

उनको भनाइमा, यतिखेर मन्त्री नियुक्ति गर्ने कार्यले गलत सन्देश दिन सक्छ, र सरकारभित्रको सहकार्य र सन्तुलनमा समेत असर पर्न सक्छ। एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन् र शपथ कार्यक्रम स्थगित गरिएको हो। यो घटनाले बागमती प्रदेश सरकारभित्र दलहरूबीचको आपसी समन्वय र विश्वासको अवस्था प्रश्नवाचक बनेको देखिन्छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।