२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

दाउन्ने क्षेत्रमा तीव्र गतिमा सडक ढलान, दशैंसम्म यात्रा सहज हुने दाबी

१४ साउन, चितवन — नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा हाल १३ किलोमिटर सडकमा ढलानको काम तीव्र गतिमा भइरहेको छ। वर्षौंदेखि पानी पर्दा हिलो र घाम लाग्दा धुलोले सास्ती भोग्दै आएका यात्रु तथा चालकहरूका लागि अब यात्रा सहज हुने संकेत देखिएको छ। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका अनुसार पूर्वी खण्डमा ४ किलोमिटरमध्ये ८ सय मिटर र पश्चिमी खण्डमा ३ किलोमिटरमध्ये १.३ किलोमिटर ढलान कार्य सम्पन्न भइसकेको छ। पूर्वी खण्डमा थप ४ सय मिटरमा तयारी भइरहेको छ।

सडकको यो खण्ड पहिले ढलान गर्ने योजनामा थिएन, तर अत्यधिक जोखिम र यात्रु सास्तीलाई ध्यानमा राख्दै ढलानको निर्णय लिइएको हो। आयोजना अनुसार १३ मिटर चौडाइमा २–३ लेनको सडक निर्माण भइरहेको छ। रिटेनिङ वाल, कल्भर्ट जडान, भित्तो काट्ने कामहरू अन्तिम चरणमा पुगेका छन्। आयोजनाले दशैंसम्म दाउन्नेमा सहज यात्रा सम्भव हुने दाबी गरेको छ।

सडक विस्तारको ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनीले लिएको हो। करिब १७ अर्बको लागतमा ११३ किलोमिटर सडक दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको यो आयोजनाको म्याद पटक–पटक थपिएको छ। अहिले ठेकेदारले फेरि १८ महिना म्याद मागेको छ भने सडक विभागले एक वर्ष थप्ने तयारीमा छ। सडक सुधारको यो काम एसियाली विकास बैंक (ADB) को सहयोगमा भइरहेको हो।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।