२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

कांग्रेस-एमाले शीर्ष नेताबीच छलफल सम्पन्न: मन्त्रिपरिषद् हेरफेरबारे छलफल भएन

काठमाडौं, साउन १५ – सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूबीच बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ। बैठकमा मुख्यगरी संसदमा विचाराधीन विधेयकहरू र कानुन संशोधनका विषयमा केन्द्रित भएर छलफल भएको जनाइएको छ। यस विषयमा महान्यायाधिवक्ता रमेश बडालसँग पनि परामर्श भएको थियो।

बैठक स्रोतका अनुसार, मन्त्रिपरिषद् हेरफेरको विषयले भने आजको छलफलमा प्रवेश पाएन। ‘आजको बैठकमा मन्त्री हेरफेरको एजेन्डा नै थिएन,’ स्रोतले भन्यो, ‘विधेयकमबारे छलफल गर्नुपर्ने भएकाले महान्यायाधिवक्ता समेतलाई बोलाइएको हो।’ छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।