२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

झापामा स्कुल भ्यान दुर्घटना, २१ जना घाइते

 

झापाको मेचीनगर नगरपालिका–९, खुट्टिडाँगीमा एउटा स्कुल भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको छ। यस दुर्घटनामा चालक, शिक्षक, र विद्यार्थीसहित २१ जना घाइते भएका छन्। शुक्रबार बिहान पारिजात पब्लिक स्कुलको भ्यान (मे १ ज ३१०७) मागुरमाडीबाट स्कुलतर्फ जाँदै गर्दा भित्री सडक खण्डमा दुर्घटना भएको हो। दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा उद्धार टोली खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार, घाइतेमध्ये तीन जना विद्यार्थीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा भ्यान चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र उनले मदिरा सेवन नगरेको पाइएको छ। तर, भ्यानको प्राविधिक अवस्था कमजोर रहेको देखिएको छ। यस घटनापछि अभिभावकहरूले विद्यालयले प्रयोग गर्ने पुराना र जीर्ण सवारीसाधनले विद्यार्थीको ज्यान जोखिममा पारेको भन्दै आक्रोश व्यक्त गरेका छन्। स्थानीयवासीले विद्यालयका सवारीसाधनको नियमित निरीक्षण, मर्मतसम्भार र चालकको दक्षतामा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।