२०८३ आश्विन १ बिहीबार
Search
२०८३ आश्विन १ बिहीबार

प्राइम बैकको एकल ऋण लगानीमा अरुण खोला जलविद्युत आयोजना निर्माण गर्न कर्जा सम्झौता

 

 

काठमाडौं : प्राइम कर्मसियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ एण्ड इनर्जीद्वारा प्रवर्द्धन गरेको २ मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो ।  आज सम्झौता पत्रमा बैंकका तर्फबाट डिपुटी जनरल मेनेजर नारायण प्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओम प्रसाद भट्टराईले हस्ताक्षर गरेका हुन् ।  यस परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाखमा बैंकले ६१.६६:३८.३४ को अनुपातमा ऋण ३० करोड र बाँकी लागत प्रवर्द्धक कम्पनीहरूबाट जुटाइने उल्लेख गरिएको छ ।  उक्त आयोजनाबाट सुक्खायाममा ४.८६४ र वर्षा याममा ८.३१९ गरी जम्मा १३.१८ गिगावाट विद्युत उत्पादन गर्ने जनाएको छ । यो आयोजना १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।