काठमाडौं : प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ । शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

त्यस्तै बैठकले डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सदस्यमा आयोगको सदस्यमा नियुक्त गरेको छ । आयोगमा लामो समयदेखि प्रमुख आयुक्त र सदस्य रिक्त रहँदै आएको थियो । संवैधानिक परिषद्बाट सिफारिस भएका तीनजनाकै अब संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाई समितिबाट क्लिन चिट पाएपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्ति गर्नेछन् ।












