२०८३ श्रावण १३ बुधबार
Search
२०८३ श्रावण १३ बुधबार

१ करोड ४८ लाखको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

 

काठमाडौं : १ करोड ४८ लाखभन्दा बढी रकमको अभौतिक मुद्रा (क्रप्टो करेन्सी)को कारोबार गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-५ का २५ वर्षीय मुकेश प्रजापति रहेका  छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मानिसहरूलाई प्रलोभन देखाई ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेका थिए ।  परिसरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साढे २ बजे काठमाडौंको माइतीघरबाट  उनलाई पक्राउ गरेक‍ो हो । काठमाडौं जिल्ला अदालतबाट  ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जनकारी दिए ।  

उनले हालसम्म एक करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको देखिएको छ । अभौतिक मुद्रा कारोबार गर्ने विभिन्न खाताहरूमा ११ लाख ४१ हजार ९८३ रुपैयाँ मौज्दात रहेको अनुसन्धानका क्रममा खुलेको उनले बताए । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।