२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

अफ्रिकाबाट २ टोली मात्र अन्तिम १६ मा, एसियन टोली सबै बाहिरिए

 काठमाडौं ,असार  २०  ।   फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ को खेलहरु सकिसकेका छन् र अन्तिम १६ अर्थात प्रि क्वाटरफाइनलको समिकरण तय भइसकेको छ । अन्तिम  १६ मा पनि युरोप र अमेरिकी क्षेत्रकै टोलीहरुको बाहुल्य रहेको छ ।

अफ्रिकाबाट दुई टोली मात्र अन्तिम १६ मा पुग्दा एसियाबाट भने कुनै पनि टोली अन्तिम १६ मा पुग्न सकेन । अफ्रिकाबाट ९ टोली अन्तिम ३२ मा पुगेमोमा ७ टोली पराजित हुँदै बाहिरियो भने मोरक्को र इजिप्ट दुई टोली मात्र अन्तिम १६ मा पुगे ।

यस्तै एसियाबाट जापान र एसियन कोटामा खेल्ने अस्ट्रेलिया अन्तिम ३२ मा पुगेको थियो । दुवै टोली राउण्ड अफ ३२ मै पराजित हुँदै बाहिरिँदा अब विश्वकपबाट एसियाको टिम बाँकी रहेन । अन्तिम १६ मा युरोपबाट सबैभन्दा धेरै ७ टिमले स्थान बनाएका छन् । युरोपबाट साविक उपविजेता फ्रान्ससहित पूर्व विजेताहरु स्पेन र इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल, नर्वे र स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

यस्तै दक्षिण अमेरिकाबाट साविक विजेता अरेजेन्टिनासहित ब्राजिल, कोलम्बिया र पाारग्वे गरी ४ टिमले अन्तिम १६ मा स्थान बनाए ।

राउण्ड अफ ३२ मा पुगेको मध्ये दक्षिण अफ्रिकाको इक्वेडर मात्र अन्तिम १६ मा पुग्न सकेन ।

यस्तै उत्तर अमेरिकाबाट अमेरिका, मेक्सिको र क्यानडा तीनै राष्ट्रले राउण्ड अफ ३२ मा जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् ।

अन्तिम १६ मा को-को खेल्दैछन्?

असार २० गते  क्यानडा भर्सेस मोरक्को राती २२:४५ बजे

असार २१ गते  पाराग्वे भर्सेस फ्रान्स, विहान २:४५ बजे

असार २२ गते   ब्राजिल भर्सेस नर्वे, विहान १:४५ बजे

मेक्सिको भर्सेस इंग्ल्यान्ड, विहान ५:४५ बजे

असार २३ गते

पोर्चुगल भर्सेस स्पेन, विहान १२:४५ बजे

अमेरिका भर्सेस बेल्जियम, विहान ५:४५ बजे

अर्जेन्टिना भर्सेस इजिप्ट, राती २१:४५ बजे

असार २४ गते

स्विट्जरल्यान्ड भर्सेस कोलम्बिया, विहान १:४५ बजे

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।