२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

सरकार चटकको भरमा आयो, चटककै भरमा जान्छ : केपी ओली

 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्धको देशद्रोही भाष्य र घेराबन्दी विरुद्ध डटेर सामाना गर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी जागरण अभियान शुभारम्भ गर्दै अध्यक्ष ओलीले पाटीबिरुद्ध देशद्रोही भाष्य र घेराबन्दी गरेर अलोकप्रिय बनाउन खोजेको भन्दै त्यसका बिरुद्ध डटेर सामाना गर्ने बताएका हुन् ।

ओलीले वर्तमान सरकार चटकको भरमा आएको भन्दै चटककै भरमा जाने टिप्पणी समेत गरेका छन् । उनले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको तर यस बिषयलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी भएको धारणा राखे । पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताए ।

उनले पार्टी नेतृत्वमा रहेकाले आफूले पार्टी सफल हुँदा वा असफल हुँदा दुवै अवस्थामा आफूले जिम्मेवारी लिने स्पष्ट पारे । तर, पार्टी सफल हुँदा सबैले श्रेय लिने तर अलिकति धक्का खाँदा वा विरोधीहरू एकजुट हुँदा सबै दोष अध्यक्ष एक्लैको टाउकोमा थुपार्ने प्रवृत्ति उपयुक्त नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले लोकतन्त्र विरोधी र देशद्रोही कार्यहरू भइरहेको भन्दै समाजमा फैलिएका अन्योल र भ्रमहरू चिर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।