काठमाडौँ । विपक्षीले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध कायमै राख्ने जनाएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाह नै भारतको सीमा नेपालले मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे विपक्षीले लगातार प्रश्न उठाउँदै आए पनि बेवास्ता गरिएको बताए । त्यस्तै नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन तर्फ बेवास्ता गरिएको भन्दै गणेश नेपालीको घटनापछि हिजो र अस्ति राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको बताए । ‘राज्य संरक्षित व्यक्तिले न्युरोड लगायतका स्थानमा गाडी तेर्स्याइयो, हिजो मिडिया र दलका नेताका घरमा राज्य संरक्षित दलका नेताका घरमा त्यही व्यवहार भयो’, उनले भने, ‘आतङ्क राज्य आफै सिर्जना गर्ने र पाँच सयको जरिवाना तिराउने हुनै सक्दैन ।












