२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

कांग्रेस मन्त्रीहरुले दिए सामुहिक राजीनामा

 

सुर्खेत : कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । आज बिहान बसेको मन्त्रि परिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा उर्जा मन्त्री बिजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सयुक्त रुपमा राजीनामा दिएका हुन् ।

प्रदेश सरकारमा सहभागी रहेर राम्रो काम गर्न नसकेको भन्दै कांग्रेस संसदीय दलको बैठकमा बेला बेला प्रश्न उठिरहेको थियो । स्रोतले भन्यो, ‘कमजोर कार्य सम्पादन भएका मन्त्रीहरुले राजीनामा दिएपछि अब सरकारको नेतृत्व  परिवर्तन वा नयाँ मन्त्री पठाउने बिषयमा छलफल हुन्छ ।’

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।