२०८३ श्रावण १५ शुक्रबार
Search
२०८३ श्रावण १५ शुक्रबार

झापामा ४ वटा औषधि पसल सिल

 

बिर्तामोड : झापामा चारवटा औषधि पसल सिल गरिएको छ। औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधि पसलहरूको स्थलगत अनुगमनको क्रममा चारवटा औषधि पसल सिल गरिएको हो। 

संयुक्त अनुगमन टोलीले तीन दिनसम्म जिल्लाको भद्रपुर, बिर्तामोड, कचनकवल र दमकमा गरी ४७ वटा औषधि पसलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा भद्रपुरको सृजना फार्मेसी, चन्द्रगढीको निदान आयुर्वेद मेडिकल, कचनकवलको अमिला मेडिकल हल र सापकोटा हेल्थ क्लिनिक सिल गरिएको औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले जानकारी दिए । 

सिर्जना मेडिकल हल भद्रपुरले एउटा लाइसेन्सबाट दुई वटा पसल सञ्चालन गरेपछि शील गरिएको उनले बताए । त्यस्तै निदान आयुर्वेद मेडिकलले दर्ता प्रमाणपत्र देखाउन नसकेको, अमिला मेडिकल हलले व्यवसायीको अनुपस्थितिमा फार्मेसी सञ्चालन गरेको तथा पसल दर्ता नवीकरण म्याद गत वर्ष सकिएको र सापकोटा हेल्थ क्लिनिकले दर्ता नगरी फार्मेसी सञ्चालन गरेको अनुगमनको फेला परेको उनको भनाइ छ । 

त्यस्तै प्रादेशिक अस्पताल भद्रपुर अगाडिका दुई वटा औषधि पसल भद्रपुर मेडिकल हल र खरेल फार्मेसी अनुगमनका बेला बन्द रहेको हुँदा विभागमा उपस्थिति हुन पत्र काटिएको जनाइएको छ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।