काठमाडौं : फ्रान्सका कप्तान किलियन एम्बाप्पे लगातार दुईपटक फिफा विश्वकपको गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । फिफा विश्वकप २०२६ मा ८ खेल खेल्दै १० गोल गरेर कीर्तिमानी कायम गरेका छन् ।
फाइनलमा नपुगेपनि तेस्रो स्थानको लागि इंग्ल्यान्डविरुद्धको खेलमा २ गोल गर्दै एमबाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।
खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा आफ्नो व्यक्तिगत पहिलो गोल गर्दै एम्बाप्पेले विश्वकपमा नवौँ गोल पूरा गरेका थिए । यो गोलसँगै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको २१ विश्वकप गोलको रेकर्ड बराबरी गरे ।
गोल्डेनबलसहित व्यक्ति विधामा स्पेनको बर्चश्व
फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै विश्व विजेता बनेको स्पेनले यस पटक प्रतियोगिताका प्रमुख व्यक्तिगत विधामा समेत आफ्नो वर्चस्व राखेको छ ।
उपाधिसँगै स्पेनका ३ जना खेलाडीहरूले प्रतियोगिताका सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्डहरू आफ्नो नाममा गराएका छन् । स्पेनका मिडफिल्डर रोड्रि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (गोल्डेन बल) र पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए । त्यस्तै, पूरै प्रतियोगिताका ७ खेलमा मात्र १ गोल ब्यहोरेका स्पेनका गोलकिपर उनाई सिमोनले ‘गोल्डेन ग्लोभ्स’ हात पारेका छन् ।
फिफा विश्वकप फाइनलमा पराजित भएपछि अर्जेन्टिनी स्टार लियोनल मेसी धेरै बेर भावुक भए ।

खेलपछि अर्जेन्टिनाका दर्शकतर्फ उभिएर निकै बेर रोए। पछि मैदानबाट बाहिरिँदा पनि उनको आँखामा आँसु देखिएको थियो ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको मात्र ३७ सेकेन्डमै फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए । गोलपछि स्पेनका युवा स्टार लामिन यामाल टोरेसलाई अँगाल्न दौडिँदा मेसीले टाउको झुकाए, अनुहार बटारे र दुवै हात कम्मरमा राखेर निराश मुद्रामा मैदान हेरेका थिए । मेसीले सन् २०२२ मा फ्रान्सविरुद्धको फाइनल जिताएर अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका थिए । त्यसअघि र त्यसपछि लगातार दुई कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले जितेको थियो । यसपटक अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो पुरुष टोली बन्ने लक्ष्यमा थियो, तर स्पेनले त्यो सपना तोडिदियो ।












