२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

बीपी कोइरालाको ४४ औँ स्मृति दिवस आज

काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४४ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ  । नेपालमा लोकतन्त्र स्थापनाका लागि २००७ सालको जनक्रान्तिको नेतृत्व गरेका बीपी २०१५ सालको पहिलो आम निर्वाचनपछि देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । 

प्रधानमन्त्री कार्यकालमा भूमिसुधार र आर्थिक विकासका नीति अघि सारेका उनलाई २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी बन्दी बनाएका थिए । लामो जेल जीवन र निर्वासनपछि २०३३ सालमा उनले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलापको नीति’ नेपाली राजनीतिमा ऐतिहासिक मानिन्छ ।

राजनीतिक जीवनका साथै नेपाली साहित्यमा पनि उनको योगदान महत्त्वपूर्ण छ। उनका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदीआइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यासहरू नेपाली साहित्यका कालजयी कृति मानिन्छन् । वि.सं १९७१ भदौ २४ गते जन्मिएका बीपीकाे घाँटीको क्यान्सरका कारण २०३९ साउन ६ गते निधन भएको थियो ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।