२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर ठगेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन् । 

असार १२ गते अध्यागमन विभागले ९ जना चिनियाँलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको थियो । उनीहरूले गतिविधि शंकास्पद भएको भन्दै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

तिनै चिनियाँहरूलाई छुटाइदिन्छु भनेर आश्वासन दिने उदयपुरका विक्रमबहादुर थापा, नवलपरासी पश्चिमका गोपालकुमार गुरूङ र सर्लाहीका नारद प्रसाद खतिवडालाई पक्राउ गरिएको अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरूलाई छाडिदिने आश्वासन दिएर ९ लाख रुपैयाँ लिएको आरोपमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।प्रहरीका अनुसार गोपालकुमार सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन् । नारदप्रसाद हास्यव्यंग्य कलाकार हुन् ।

उनीहरूले पीडित पक्षलाई भेटेरै छुटाइदिने आश्वासन दिएका थिए । त्यसका लागि सुरूमा उनीहरूले ७२ लाख रुपैयाँमा मान्छे पनि छुटाइदिने र १५ वटा राहदानी पनि दिलाइदिने आश्वासन दिएका थिए । पछि मोलमोलाइ गरी ९ लाख रुपैयाँ ठगेका थिए । त्यसबारेमा थप अनुसन्धान गर्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।