भारत : जम्मू–कश्मीरको अनन्तनागमा भएको आतंककारी आक्रमणमा ड्युटीमा रहेका एक प्रहरी हवल्दार (हेड कन्स्टेबल) को मृत्यु भएको छ । गस्तीमा रहेको प्रहरी टोलीमाथि अचानक गोली प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए ।
सुरक्षा स्रोतहरूका अनुसार, एउटा सवारीसाधनमा आएका आतंककारीहरूले गस्ती गरिरहेको प्रहरी टोलीलाई लक्षित गर्दै अन्धाधुन्ध गोली चलाएका थिए । अमरनाथ यात्राको सुरक्षा ड्युटीमा खटिएका हवल्दार आशिक हुसेन हमलामा घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अनन्तनाग सरकारी मेडिकल कलेज अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् । यस हमलाको जिम्मेवारी लश्कर–ए–तैयबासँग सम्बन्धित संगठन ‘द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले सामाजिक सञ्जालमार्फत लिएको जनाइएको छ ।
व्यस्त बजार क्षेत्रमा दिनदहाडै हमला
सुरक्षा बलको कडा कारबाही
घटना लगत्तै प्रहरी, सीआरपीएफ र भारतीय सेनाको संयुक्त टोली घटनास्थलमा पुगेको छ । सुरक्षा बलले लाल चौक तथा वरपरका सम्पूर्ण क्षेत्र घेरा हालेर सबै सम्भावित भाग्ने मार्गहरू बन्द गरेका छन् । हमलाकारीहरूको खोजी तथा पक्राउका लागि व्यापक खोजतलास अभियान सञ्चालन भइरहेको छ । घाटीभर सुरक्षा व्यवस्था थप कडा बनाइएको छ भने सम्बन्धित क्षेत्रमा हाई अलर्ट घोषणा गरिएको छ । प्रशासन र सुरक्षा निकायहरूले अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् ।












