२०८३ श्रावण १४ बिहीबार
Search
२०८३ श्रावण १४ बिहीबार

घरायसी विवादले हिंसात्मक रूप लिँदा श्रीमान-श्रीमतीको मृत्यु

दमक :  झापाको दमकमा घरायसी विवादले हिंसात्मक रूप लिँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो २ बजेको समयमा दमक नगरपालिका-१ सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच सामान्य घरायसी विवादपछि झै-झगडा भएको थियो । 

विवादका क्रममा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। घटनापछि धनबहादुरले आफ्नै घरको अर्को कोठामा रहेको सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए। सोही क्रममा उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले बाबुलाई झुन्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुईँमा झारेकी थिइन्। 

घटनाको बारेमा जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगेको थियो। प्रहरीले गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि दमक अस्पताल पठाएको थियो। डाक्टरले चेकजाँच गर्दा दुवै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।