२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

सूचना प्रविधि मेला आगामी मङ्सिर ५ र ६ मा

 

काठमाडौँ : ‘डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना हुने भएको छ ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेसले आयोजना गर्ने उक्त मेलाको नाम ‘एनएएस आइटी एक्स्पो’ राखिएको छ ।

मेला आगामी मङ्सिर ५ र ६ गते (नोभेम्बर २१–२२) आयोजना हुनेछ । मेलामा नेपालको प्रविधि क्षेत्र, व्यवसायी, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी र प्रविधिप्रेमीलाई एकै स्थानमा ल्याएर नवप्रवर्तन, सहकार्य र व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा आयोजकले यस वर्षको मेलाले प्रविधि कम्पनीलाई आफ्ना नयाँ समाधान प्रस्तुत गर्ने, व्यवसायसँग प्रत्यक्ष जोडिने र दीर्घकालीन सहकार्य विस्तार गर्ने प्रभावकारी मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । यसबाट नेपालको डिजिटल रूपान्तरणले थप गति लिने अपेक्षा गरिएको छ ।

मेलामा सरकारी प्रतिनिधि, विभिन्न देशका राजदूत, लगानीकर्ता, व्यावसायिक संस्थाका प्रतिनिधि, स्टार्टअप, विद्यार्थी र प्रविधिप्रेमीको उल्लेखनीय सहभागिता रहनेछ ।

आयोजकका अनुसार मेलाले नेपालको बढ्दो प्रविधि क्षमतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय आइटी समाधानको प्रवद्र्धन गर्नेछ । साथै, प्रविधि कम्पनी र विभिन्न व्यवसायबीच सहकार्य बढाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, ज्ञान आदान–प्रदान गर्ने र नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्या‍उने अपेक्षा गरिएको छ ।

मेलामा अग्रणी आइटी कम्पनी र नवप्रवर्तनशील स्टार्टअपका प्रविधि प्रदर्शनी हुनेछन् । साथै, सूचना प्रविधि क्षेत्रका चुनौती समाधान गर्ने उत्पादन र प्रविधि समाधान पनि प्रदर्शन गरिनेछ । यसका साथै डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र उदीयमान प्रविधिसम्बन्धी ज्ञानमूलक सत्र सञ्चालन गरिनेछ । मेलाबाट नयाँ साझेदारी, व्यापारिक अवसर र नेपालको प्रविधि क्षेत्रका पछिल्ला विकासबारे जानकारी प्राप्त गर्ने अवसर मिल्ने आयोजकको विश्वास छ ।
 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।