काठमाडौं : गृह मन्त्रालयले सुनसरीमा भएको घटनालाई लिएर कोशी प्रदेशका डीआईजी विनोद घिमिरेलाई फिर्ता बोलाएको छ। गृहले घिमिरेको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाएको हो ।
त्यस्तै सुनसरीका एसपी केशव थेवेलाई फेरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ भने थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ ।












