२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन

काठमाडौँ । निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि बेपत्ता भएका छन् ।

पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा पर्ने ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन ।

आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी नागरिक र पाँच नेपाली रहेको बताइएको छ ।
पुर्जा सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर चर्चित बनेका थिए ।
मौसमले अनुमति दिए खोज तथा उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्ने तयारी गरिएको छ ।
 
निर्मल पुर्जाको जीपीएस संकेत : ५,८७८ मिटरको उचाइमा, ब्याट्री ‘लो’, अवस्था स्थिर
 
ब्रोड पिकलाई पर्वतारोहण अभियानका लागि तुलनात्मक रूपमा चुनौतीपूर्ण हिमाल मानिन्छ। यो विश्वको १२औँ अग्लो हिमाल हो।
पाकिस्तानको अल्पाइन क्लबले जारी गरेको विज्ञप्तिमा सरकारी अधिकारीहरूसँग आफूहरू “निरन्तर सम्पर्कमा” रहेको र “तत्काल खोज तथा उद्धार अभियान” सञ्चालन गर्न पहल भइरहेको जनाएको छ ।

क्लबले हेलिकोप्टरको सहयोग सुनिश्चित गर्न तथा “उपलब्ध सबै स्रोतसाधनलाई यथाशीघ्र परिचालन गर्न” सम्भव भएसम्मका सबै प्रयास भइरहेको बताएको छ।

“सबै आरोहीको सुरक्षा र सफल उद्धारका लागि क्लब प्रार्थना गर्दछ । यस कठिन समयमा उनीहरूका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

उनको पर्वतारोहण यात्रा सन् २०१२ मा सुरु भएको थियो। त्यसबेला उनी पैदल हिँडेर सगरमाथा आधार शिविरसम्म पुगेका थिए। त्यहाँबाट योजना अनुसार फर्किनुपर्ने भए पनि उनले सगरमाथाको सम्पूर्ण आरोहण गर्ने निर्णय गरेका थिए ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।