२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

 

श्रावण २१ सिमरा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धन्सार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ।

बाराको अमलेखगञ्जबाट १२ हजार लिटर पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर बिहान करिब ५:३० बजे सडक छेउमा दुर्घटनामा परेको हो । ट्याङ्कर पल्टिएलगत्तै आगो लागेको प्रहरीले जनाएको छ।

चालकले दिएको प्रारम्भिक बयानअनुसार जङ्गलबाट अचानक निस्किएको मृगलाई बचाउने क्रममा ट्याङ्कर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाबाट पेट्रोलसहितको ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि कुनै पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

घटनाको सूचना पाउनासाथ प्रहरी नायब उपरीक्षक थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरका इन्स्पेक्टर राजेन्द्र थापा मगरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। चन्द्रपुर नगरपालिका, बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।