२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

नेकपा एमालेको सचिवालय बैठक आज : गृहमन्त्री लेखकको आरोपमा छलफल हुने

११ जेठ, काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालयको महत्वपूर्ण बैठक आज दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। यो बैठक गृहमन्त्री रमेश लेखकसहित केही व्यक्तिहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा जाने यात्रुहरूबाट रकम असुली गरेको आरोपसँग सम्बन्धित प्रकरणको पछिल्लो घटनाक्रममा बस्न लागेको हो। यो घटनाक्रमले राजनीतिक हलचल चुलिएको अवस्थामा पहिलो पटक एमाले केन्द्रीय सचिवालय बैठक बस्न लाग्दा पार्टीभित्र र आमजनमानसमा यसबारे कस्तो निर्णय वा छलफल हुनेछ भन्ने विषयमा चासो बढेको छ।

कांग्रेस भित्रबाट पनि गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिन उपयुक्त हुने बताएका थिए। एमाले नेताहरूले जनाएका अनुसार, आजको बैठकमा गृहमन्त्री लेखकमाथि लागेको आरोपबारे मात्र नभई समसामयिक राजनीतिक परिस्थितिहरू र सरकारका कामकारबाहीबारे समेत व्यापक छलफल हुने अपेक्षा गरिएको छ। यस बैठकले आगामी राजनीतिक निर्णयहरूमा कसरी प्रभाव पार्छ र पार्टीको धारणा के हुन्छ, त्यो पनि सर्वसाधारणको नजरमा रहने छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।