२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

तनहुँमा मादी नदीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

११ जेठ, तनहुँ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा शनिबार राति करिब साढे ११ बजे एक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेहरूमा व्यास नगरपालिका–५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन्। यस्तै, दुर्घटनामा परेका चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन्। घाइतेमध्ये धिरज रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा रिफर गरिएको छ भने चालक रोहित गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। जिपमा कुल पाँच जना यात्रु सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।