२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ जितवापुरमा दुई समूहबीच कुटाकुट, एकजना घाइते

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ जितवापुरमा दुई समूहका युवाबीच भएको कुटाकुटमा एकजना घाइते भएका छन्। जितवापुरमा जेठ २ गतेदेखि चलिरहेको महायज्ञमा रहेका युवाहरु र मोहसड गाउँबाट आएका युवाहरुबीच शनिबार राति करिब १२ बजे विवाद बढ्दा कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिएका छन्। महायज्ञस्थलमा मोहसडका केही युवाहरु रातिको समयमा आएर विवाद उत्पन्न गर्दै आएका थिए। शनिबार राति पनि विवाद भएपछि दुई समूहबीच हाताहाति भएको र स्थानीय विक्रम सिंह घाइते भएका हुन्।

विक्रमको हातखुट्टामा चोट लागेको छ र उनी भैरहवास्थित भिम अस्पतालमा उपचाररत छन्। कुटाकुटपछि इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरु मोहसडका २७ वर्षीय कमरउद्धिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर रहेका छन्। प्रहरी उपरिक्षक क्षेत्रीका अनुसार पक्राउ परेकाहरुको साथबाट गोली नभएको एक थान कटुवा पेस्तोल बरामद गरिएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखेर थप अनुसन्धान भइरहेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।