२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

प्रधानमन्त्री ओली र देउवासहित सत्तारुढ दलबीच संसद् बैठक अघि छलफल सम्पन्न, गृहमन्त्रीले मुद्दा प्रस्ट पार्ने सहमति

 

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुबीच संसद् बैठक अघि महत्वपूर्ण छलफल सम्पन्न भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा उठेका विषयमा गृहमन्त्री रमेश लेखकले संसद्मा प्रस्ट पार्ने सहमति भएको छ।

विपक्षी दलले सदन अवरुद्ध गर्ने नीति लिएको अवस्थामा प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाले छलफल गरेका थिए। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बालुवाटारमा संसद्को गतिरोध खुलाउने विषयमा छलफल भएको बताए। उनले भने, “उठेका विषयमा आजको संसद् बैठकमा गृहमन्त्रीले प्रस्ट पार्नुहुनेछ र नियमावलीअनुसार बैठक अघि बढ्नेछ।” यसअघि मंगलबारको संसद् बैठक विपक्षीको अनुरोधमा स्थगित गरिएको थियो।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।