२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

नयाँ आर्थिक वर्षको बजेट बिहीबार सार्वजनिक हुने, विपक्षीको अवरोध हट्दै

१४ जेठ, काठमाडौं — सरकारले बिहीबार संघीय संसद्को संयुक्त बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ३ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो। संघीय संसद् सचिवालयले बैठक भोलि दिउँसो १:४५ बजेका लागि आह्वान गरेको छ। पछिल्ला दिनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै सदन अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले बजेट प्रस्तुतिमा अवरोध नगर्ने निर्णय गरेका छन्।

यससँगै, निर्धारित समयमै बजेट सार्वजनिक हुने मार्ग खुला भएको छ। आगामी बजेटमा आर्थिक वृद्धि, राजस्व संकलन, विकास खर्चको प्रभावकारी व्यवस्थापन, ऋणमा निर्भरता घटाउने, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षा जस्ता विषयमा प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।