२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

मुस्ताङका किसानलाई अनुदानमा कृषि उपकरण हस्तान्तरण

मुस्ताङ — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मुस्ताङका किसानलाई स्याउ र आलु जोन कार्यक्रमअन्तर्गत १६ थरीका कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदान सहुलियतमा वितरण गरेको छ। परियोजनाअन्तर्गत च्याङ्ग्रा जोन, आलु जोन र स्याउ जोन कार्यान्वयनमा छन्। परियोजना कार्यान्वयन एकाइ मुस्ताङका कार्यालय प्रमुख भरतराज गौतमका अनुसार, घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकाका किसानलाई मागका आधारमा अनुदानमा उपकरण उपलब्ध गराइएको हो।

यस वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार मुस्ताङका किसानलाई कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरिएको छ। स्याउ जोनतर्फ १५ लाख र आलु जोनतर्फ १८ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरी पाँच वटै स्थानीय तहलाई समेटेर उपकरण वितरण गरिएको छ। परियोजनाले डिजेलबाट चल्ने २६ थान र पेट्रोलबाट चल्ने ९ थान गरी कुल ३५ थान हलो उपकरण अनुदान सहुलियतमा प्रदान गरेको छ। त्यसैगरी, घाँस काट्ने ब्रसकटर १९ थान, सिकेचर १८ थान, करौँती १४ थान, डिजिटल तराजु ३६ थान, मोटर स्प्रे २१ थान, पावर स्प्रे २९ थान, रिप्याक्टोमिटर १ थान, भर्‍याङ ७ थान, कुटो २९ थान, कोदाली ८३ थान, गैँची २ थान, बाउसो २४ थान, डोजे २१ थान, बेल्चा ५ थान र पोर्टेबल लिड स्प्रे ४ थान गरी कुल ३१३ थान विभिन्न उपकरणहरू वितरण गरिएको छ।

परियोजनाले यान्त्रिक उपकरणका साथै किसानलाई मागका आधारमा ८५ प्रतिशतसम्म अन्य किसिमका अनुदान सहयोग पनि गर्दै आएको छ। मुस्ताङका कृषक छिरिङ गोम्बो गुरुङले भने, “कृषि क्षेत्रको समुन्नत विकासमा यस्तो अनुदान र उपकरणले निकै ठूलो सहयोग पुगेको छ।”

मुस्ताङमा स्याउ, उवा, फापर, जौ, आलु, मैक र विभिन्न तरकारी उत्पादन हुने गर्दछ। यहाँको परम्परागत कृषि प्रणाली झन्झटिलो र खर्चिलो भएकाले आधुनिक यान्त्रिक उपकरणको आवश्यकताले कृषि व्यवसायलाई थप प्रभावकारी बनाएको छ। जनशक्ति र गोरु झोपा पाल्न कम हुँदै गएकाले यान्त्रिक उपकरणले किसानलाई समय र श्रम दुवै बचत गर्न सहयोग पुर्‍याएको कृषि शाखा अधिकृत रोशन थकालीले बताए। हाल, सरकारी कार्यालय र स्थानीय तहहरूले कृषकलाई नियमित रुपमा यान्त्रिक उपकरण वितरण गरिरहेकोले मुस्ताङका किसानहरूलाई कृषिमा सहजता र आर्थिक लाभ पुगेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।