२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

कांग्रेस नेताहरूबीच मिलेन कुरा

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउन भन्दै भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । मंगलबार दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले निष्कर्ष निकाल्न नसकेको हो ।

‘आज रातिको छलफल टुंगोमा पुग्ने सकेन । छलफल जारी राख्ने र भोलि बिहानै छलफल सुरु गर्ने भन्ने कुरा भयो,’ छलफलमा सहभागी एक नेताले अनलाइनसँग भने, ‘सभापतिको बहिर्गमनको विषयमा कुरा मिलिरहेको छैन ।’

कार्यवाहक दिएर सभापति शेरबहादुर देउवा उपचारका लागि विदेश जाँदा सबै जिम्मेवारी सुम्पिएर गएको भए पनि फर्किएपछि पुनः सक्रिए भएको विषयमा विशेष महाधिवेशन पक्षरले आपत्ति जनाएको थियो ।

‘सभापतिले जेनजी आन्दोलनपछि उपचारका लागि विदेश जाँदा कार्यवाहक दिनुभयो। उहाँको प्रशंशा हामीले पनि गर्यौँ । बाहिर पनि भयो भन्नुभयो,’ छलफलमा सहभागी अर्का नेताले भने, ‘अब भोलि बिहानसम्म टुंगिने आशा गरौँ ।’

विशेष पक्षले महाधिवेशन प्रतिनिधिहरुलाई धेरै दिन काठमाडौँ राख्न नसकिने भन्दै भोलि बिहानसम्मको डेड लाइन दिएको बताइएको छ ।

त्रिपक्षीय भनिएको नेताहरुको छलफलमा संस्थापन समूहबाट नेताद्वय बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए । विशेष महाधिवेशन समूहबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य थिए । त्यस्तै शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी थिए ।

विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएको छ । सभापति देउवाको राजनीतिक बहिर्गमन, आगामी निर्वाचनका उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्ने भन्ने विषय भने टुंगिन बाँकी छ ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।