२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

गगन–विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ ।
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो ।

कारबाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्कासन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए । उनले केहिदिनअघि विशेष महाधिवेशन सुरु हुँदै सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भङ्ग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए ।
उनले कांग्रेस पार्टी आफूहरूको भएकाले कसैले यसमा दाबी गर्न नसक्ने स्पष्ट पारे । पार्टीको विधान अनुसार नै आफूहरू चलिरहेको भन्दै कारबाहीको निर्णयका कारण विचलित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अब विशेष महाधिवेशनको हलले गर्ने बताए । उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे ।

कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।