२०८२ माघ १६ शुक्रबार
Search
२०८२ माघ १६ शुक्रबार

राष्ट्रियसभा निर्वाचन [सबै अपडेट एकैठाउँमा]

राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि सातै प्रदेशमा मतदान जारी छ । कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकोले बाँकी १७ पदका लागि मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदका लागि सातै प्रदेशका मतदानस्थलमा मतदान सुरु भएको हो ।

कर्णालीमा राप्रपा सांसद शाहीले गरिन् राष्ट्रिय सभा निर्वाचन बहिस्कार

सुर्खेत । कर्णाली प्रदेश सभाकी सांसद सन्तोषी शाहीले राष्ट्रिय सभा निर्वाचन बहिस्कार गरेकी छिन् ।

दुई पदका लागि आइतबार कर्णालीमा भएको मतदानमा उनी सहभागी नभएकी हुन् । शाही राप्रपाबाट समानुपातिक प्रदेश सभा सांसद हुन् ।

४० प्रदेश सभा सदस्यमध्ये राष्ट्रिय सभाका लागि ३९ मत खसेको थियो ।

कर्णालीमा ९६.४६ मत मात्रै खस्यो, ७ जनाले गरेनन् मतदान

सुर्खेत । बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनको मतदान सम्पन्न भएको छ । जस अन्तर्गत कर्णालीमा ९६.४६ मत मात्रै खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले रातोपाटीलाई बताए ।

उनका अनुसार, कुल १९८ मतदाता संख्यामध्ये १९१ मत खसेको छ । प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन् ।

स्थानीय तहतर्फ १५८ मतदाता संख्यामध्ये १५२ मत मात्रै खसेको उनले बताए । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा शतप्रतिशत मत खस्यो

बुटवल । राष्ट्रिय सभा लागि लुम्बिनी प्रदेशमा शतप्रतिशत मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्मको समयावधिमा उक्त संख्यामा मत खसेको हो ।

प्रदेश सभा सदस्यतर्फ ३० महिला र ४८ पुरुष गरी ७८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ ८५ महिला र १२३ पुरुष गरी २०८ मत खसेको छ ।

निर्वाचन कार्यालयले प्रदेश सभा र स्थानीय तह गरी २८६ जना मतदाता रहेको जनाएको छ । यहाँ ३ सिटको लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा ३४१ मत खस्याे

जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा ३४१ मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा उक्त संख्यामा मत खसेको हो ।

राष्ट्रिय सभा सदस्यका लागि स्थानीयतर्फ २६४ मा २४२ मत खसेको हो । जसमध्ये १२५ पुरुष र ११७ महिलाले मत खसालेका हुन् ।

त्यस्तै प्रदेशमा १ सय मध्ये ९९ मत खसेको छ । जसमध्ये ३९ महिला र ६० पुरुषले मत खसालेका छन् । नेपाल सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी भने अनुपस्थित रहिन् ।

बागमती प्रदेशमा ३१८ मत खस्याे

मकवानपुर । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ३१८ मत खसेको छ ।

कुल ३३८ मत मध्ये २० जनाले मतदानमा सहभागी भएनन् । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानको कार्यक्रमको निर्धारित समयमा ३१८ जनाले मतदान गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनको लागि निर्धारित बागमती प्रदेशसभाका ११० सदस्य मध्ये १०४ जनाले मताधिकार पाएका थिए ।

राष्ट्रिय सभा निर्वाचन : गण्डकीको मतदान सकियो, २२३ मत खस्यो

पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदान सकिएको छ ।

तोकिएको ३ बजेसम्मको अवधिमा २२३ जनाले मत दिएका हुन् । प्रदेश तर्फ ५७ जना र पालिका तर्फ १६६ जना जनाले मत दिएका छन् ।

प्रदेशमा राप्रपाका २ जनाले मत दिएनन् । निर्वाचन आयोगका अनुसार केही बेरमा मतपरिणाम आउने छ ।

कोशीमा प्रदेशमा कति खस्यो मत ?

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २५८ जना र प्रदेशसभाका ८७ जनाले मतदान गरेका हुन् ।

कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता थिए ।

लुम्बिनी प्रदेशमा २८६ मत खस्यो

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दिउँसो साढे २ बजेसम्म २८६ मत खसेको छ ।

प्रदेशसभा सदस्यतर्फ ७८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २०८ जनाले मतदान गरेका छन्

प्रदेशसभा र स्थानीय गरी हालसम्म जम्मा २८६ जनाले मतदान गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । मतदान गर्ने समय दिउँसो ३ बजेसम्म तोकिएको छ।

मधेस प्रदेशमा २ बजेसम्म ३२३ मत खस्यो

जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत आइतबार मतदान जारी रहेको छ। दिउँसो २ बजेसम्म ३२३ जनाले मतदान गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यतर्फका ३८ जना महिला र ६० जना पुरुषले मतदान गरेका छन् । त्यस्तै स्थानीय तहतर्फका ११२ जना महिला र ११३ पुरुष सदस्यले मतदान गरेका छन् ।

बागमती प्रदेशमा २ बजेसम्म ३१५ जनाले गरे मतदान

हेटौँडा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशतर्फको २ सिटका लागि मतदान जारी छ। दिउँसो २ बजेसम्म बागमती प्रदेश तर्फको कुल मतदाता ३३४ मध्ये ३१५ जनाले मतदान गरेका छन् ।

प्रदेशको ११९ स्थानीय तहका २३८ मध्ये ३ ले राजीनामा र एक जना निलम्बनका कारण मतदानमा सहभागी हुन पाएनन् । सो बाहेक कायम भएको २३४ मतदाता मध्ये २२७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका छन् ।

प्रदेश सभा तर्फको ११० सांसद मध्ये १०४ जनाले मताधिकार प्राप्त गरेका थिए । ६ सांसदले राजीनामा गरेका कारण मताधिकार प्राप्त नगर्दा हाल सम्म ८८ ले मतदान गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा अब ८ मत मात्रै खस्न बाँकी

सुर्खेत । बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रियसभा निर्वाचनको मतदान अन्तर्गत २ बजेसम्म १९० मत खसिसकेको छ ।

४० प्रदेशसभा सदस्यमध्ये २ जनाले मात्रै मत खसाल्न बाँकी रहेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । यस्तै, स्थानीय तहतर्फ १५८ मध्ये ६ मत मात्रै खस्न बाँकी छ ।

अबको केही समयभित्रै मतदान सम्पन्न हुने उनले बताए । कर्णालीमा कुल मतदाता सङ्ख्या १९८ रहेको छ । यहाँ दुई पदका लागि निर्वाचन भएको हो ।

सुदूरपश्चिम प्रदेशमा २०४ मत खस्यो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा अहिलेसम्म २०४ जनाले मतदान गरेका छन् । दिउँसो पौने २ सम्म २०४ जनाले मतदान गरेकाे निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार ४६ जना प्रदेशसभा सदस्य र १५८ जना स्थानीय तहका सदस्यले मतदान गरेका हुन्। अहिले मतदान जारी रहेको छ।

गण्डकी प्रदेशमा २२१ जनाले गरे मतदान

पोखरा । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत हालसम्म गण्डकीका २२१ जनाले मतदान गरेका छन् । फागुन २० पछि रिक्त हुने २ पदका लागि उपनिर्वाचन अन्तर्गत मतदान जारी छ ।

गण्डकीमा २२८ जना मतदाता छन् । हालसम्म स्थानीय तहका १६५ जनाले मतदान गरिसकेका छन् भने प्रदेशका ५६ जनाले मत दिइसकेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकीमा प्रदेशका ५९ र स्थानीय तहका १६९ मतदाता छन् । अब प्रदेश सांसद ३ जना र पालिकाका प्रमुख र उपप्रमुख ४ जनाले मत दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।

साँझ ५ बजेभित्र राष्ट्रिय सभाको एकमुष्ट नतिजा आउँछ : रामप्रसाद भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेभित्र राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् ।

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । त्यसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भैसकेको छ ।

‘राष्ट्रिय सभा सभा सदस्य निर्वाचनको मतदान ३ बजेसम्म हो, त्यसपछिको २ घण्टा अर्थात ५ बजेभित्र नतिजा आइसक्छ’, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ । उनका अनुसार सबै प्रदेशमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

राष्ट्रियसभा निर्वाचन : ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः ४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः ०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो ।

अहिलेसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

मधेस प्रदेशमा १ बजेसम्म २९४ मत खस्यो

जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा १ बजेसम्म २९४ जनाले मतदान गरेका छन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यतर्फ ९३ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ १०२ जनाले मतदान गरेका छन् ।

प्रदेशतर्फ ३८ जना महिला र ५५ जना पुरुषले मतदान गरेका छन् । त्यस्तै, स्थानीय तहतर्फ १०२ जना महिला र ९९ जना पुरुषले मतदान गरेका छन् । अहिले मुख्यमन्त्री कृष्ण यादवले पनि मतदान गरेका छन् ।

लुम्बिनीमा १ बजेसम्म २७० मत खस्यो

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी रहेको छ । दिउँसो १ बजेसम्म २७० जनाले मतदान गरेका छन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यतर्फ २९ जना महिला र ४८ जना पुरुषले मतदान गरेका छन् ।

स्थानीय तहतर्फ ७७ जना महिला र ११६ जना पुरुषले मतदान गरेको निर्वाचन कार्यालयमा सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । लुम्बिनीमा ३ सिटका लागि ८ जना उम्मेदवार मैदानमा रहेका छन् । दिउँसो ३ बजे सम्म मतदान गर्ने समय तोकिएको छ।

कोशी प्रदेशमा खस्यो ८१ प्रतिशत मत

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा ८१ प्रतिशत मतदान सकिएको छ । राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २२० जना र प्रदेशसभाका ७१ जनाले मतदान गरिसकेका छन् ।

कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् ।

कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । अन्य तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसकेका छन् । बाँकी दुई पदमा चार जनाको प्रतिस्पर्धा हुँदै छ ।

लुम्बिनी प्रदेशमा १६१ जनाले गरे मतदान

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान प्रक्रियामा बिहान ११ बजेसम्म १६१ जनाले मतदान गरेका छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले अहिलेसम्म १६१ जनाले मतदान गरेको जानकारी दिए।

प्रदेशसभा तर्फबाट ५२ र स्थानीय तहबाट १०९ जनाले मतदान गरिसकेको कुँवरले बताए । बिहान ९ बजे मुख्यमन्त्री चेतनाराणण आचार्यले मत हालेर मतदान प्रक्रिया सुरु भएको थियो ।
मतदान दिउँसो तीन बजेसम्म हुने उनले बताए ।

मधेस प्रदेशमा १६३ मत खस्यो

जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभाको चार पदका लागि अहिले मतदान प्रक्रिया जारी छ। बिहान ९ बजे सुरु भएको मतदान प्रक्रियामा अहिलेसम्म १६३ मत खसेको छ ।

जसमा प्रदेशसभातर्फ ५५ मत खसेको छ भने स्थानीय तहबाट १०८ मत खसेको छ । मधेसमा चार सिटका लागि कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

राष्ट्रियसभा निर्वाचन : ११ बजेसम्म कर्णालीमा १६८ जनाले गरे मतदान

सुर्खेत । कर्णाली प्रदेशमा बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रियसभा निर्वाचनमा ११ बजेसम्म १६८ जनाले मतदान गरेका छन् ।

प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार प्रदेश सभातर्फ ४० मध्ये ३८ जनाले मत खसालिसकेका छन् । जसमा २५ जना पुरुष र बाँकी महिला छन् ।

यस्तै स्थानीयतर्फ १३० जनाले मतदान गरिसकेका छन् । जसमध्ये ४९ महिला र बाँकी ८१ जना पुरुष छन् ।

गण्डकी प्रदेशमा १७० मत खस्यो

पोखरा । गण्डकी प्रदेशमा ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनमा हालसम्म १ सय ७० मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा अन्तर्गत ४२ जनाले मत दिइसकेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मतदान गरिसकेका छन् ।

यस्तै, स्थानीय तह अन्तर्गत १ सय २८ जनाले मतदान गरेका छन् । गण्डकीमा २ सय २८ जना मतदाता छन् ।

राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा मतदान जारी

जनकपुर । नेपालको राष्ट्रिय सभाका रिक्त १७ सदस्यका लागि आज सातवटै प्रदेशमा मतदान सुरु भएको छ । मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा स्थापना गरिएको मतदान केन्द्रमा मतदान भइरहेको छ ।

मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभामा मार्च ४, २०२६ देखि रिक्त हुने १८ सिटमध्ये कोशी प्रदेशको एक सिट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ सिटका लागि आज मतदान हुनेछ । मधेस प्रदेशबाट यसपटक चार पद (महिला, दलित, अपाङ्गता/अल्पसंख्यक र अन्य क्लस्टर) का लागि निर्वाचन हुँदैछ ।

मधेस प्रदेशमा नेपाली कांग्रेस,नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरुबिच प्रतिष्पर्धा हुँदैछ । प्रमुख दलहरुबिचको गठबन्धनका कारण कांग्रेस–एमाले नेतृत्वको समीकरणले बहुमत प्राप्त हुने अपेक्षा गरिएको छ ।

कोशीमा १ घण्टामा कतिले गरे मतदान ?

मोरङ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशीमा मतदान सुरु भएको एक घण्टामा १ सय जना स्थानीय जनप्रतिनिधि र २५ जना प्रदेश सांसदले मतदान गरेका छन् ।

बिहान नौ बजेदेखि सुरु भएको मतदानमा एक घण्टामा त्यति संख्याका मतदाताले मतदान गरेका हुन् ।

कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् । कोशीमा दुई राष्ट्रिय सभा सदस्यको पदका लागि मतदान हुँदैछ । एक पद भने निर्विरोध भैसकेको छ ।

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा १२३ जनाले गरे मतदान

सुर्खेत । बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनको मतदान अन्तर्गत १० बजेसम्म १२३ जनाले मतदान गरेका छन् ।

प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार प्रदेश सभातर्फ ४० मध्ये ३० जनाले मत खसालिसकेका छन् । जसमा १० महिला र २० पुरुष छन् ।

यस्तै स्थानीय तर्फ ९३ जनाले मतदान गरिसकेका छन् । जसमध्ये पुरुष ५९ र बाँकी महिला रहेका छन् ।

लुम्बिनी प्रदेश : आधा घण्टामा स्थानीय तहको ५० मत खस्यो

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको हो ।

जसअन्तर्गत लुम्बिनी प्रदेशमा ९ बजेर ३० मिनेट जाँदा लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको २६ मत खसेको छ । त्यस्तै स्थानीय तहको ५० मत खसिसकेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदमा निर्वाचन भएकाे हाे।

लुम्बिनीमा तीन सिटका लागि हुने निर्वाचनमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेले संयुक्त उम्मेदवार खडा गरेका छन् । कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिस्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेदवारी दर्ता गरेका छन् । लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता–अल्पसङ्ख्यक र अन्य गरी तीन सदस्य निर्वाचित हुँदै छन् ।

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा दुई पदका लागि मतदान जारी

सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट एक महिला र एक अन्य कलस्टरमा निर्वाचन भइरहेको छ । ९ बजेदेखि मतदान जारी रहेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।

कर्णालीबाट दुई पदका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस र एमालेबिच गठबन्धन भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै चुनावी मैदानमा होमिएको छ ।

गठबन्धनतर्फबाट कांग्रेसले अन्य कलस्टर पाएको छ भने एमालेले महिला कलस्टर पाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन

काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदका लागि सातै प्रदेशका मतदानस्थलमा मतदान सुरु भएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि मतदान सुरु भएको छ । कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकोले बाँकी १७ पदका लागि मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदका लागि सातै प्रदेशका मतदानस्थलमा मतदान सुरु भएको हो ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र रहेको छ ।

Picture of इन्द्र मगर

इन्द्र मगर

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।