२०८३ श्रावण १३ बुधबार
Search
२०८३ श्रावण १३ बुधबार

न्यायाधीश नियुक्ति नगर्न भन्दै न्याय परिषद्‌मा आयोगले पठायो पत्र

२१ माघ, काठमाडौं । आचारसंहिता शुरु भएको भन्दै निर्वाचन आयोगले न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र पठाएको छ ।

न्यायपरिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिबारे परिषद्‌मा पत्राचार गरेको थियो । त्यसको जवाफमा आयोगले परिषद्लाई न्यायाधीश नियुक्त नगर्न पत्राचार गरेको हो ।

केही साता अघिमात्रै लोकसेवाको प्रतिस्पर्धाबाट उत्तीर्ण जिल्ला न्यायाधीशहरू नियुक्त भएका थिए । उनीहरूको भने पदस्थापनाको काम भइरहेको छ । न्यायपरिषद्ले परीक्षा बाहेक ज्येष्ठताका आधारमा पनि न्यायाधीश नियुक्ति गर्न आयोगमा पत्राचार गरेको थियो ।

४ माघदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आयोगले त्यो अवस्थामा न्यायपरिषद्बाट न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरेको हो ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।