२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनलाई विश्वव्यापी समस्या भएको औंल्याएकी छिन्

शुक्रबार काठमाडौँमा सुरु भएको सगरमाथा संवाद कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन अब कुनै विशेष क्षेत्र वा देशको मात्र समस्या नभई सम्पूर्ण विश्वको साझा चुनौती बनेको बताएकी छन्। उनले यो विषयले सिंगो मानवतालाई गम्भीर संकटमा पारिरहेको उल्लेख गर्दै यसलाई समाधान गर्न कुनै देशको एक्लो प्रयास पर्याप्त नहुने भएकाले संयुक्त सामूहिक प्रयास आवश्यक रहेको स्पष्ट गरिन्।

मन्त्री राणाले जलवायु परिवर्तनका समस्या पहिचान गर्न त्यसको प्रभावकारी समाधानका लागि विश्वस्तरीय साझा प्रयासको आवश्यकता औंल्याइन्। उनले नेपाल लगायत विश्वको वातावरण अहिले जोखिममा रहेको इमान्दार संवाद तथा प्रभावकारी कार्यको अभावले मानवताको भविष्य नै संकटमा पर्न सक्ने चेतावनी दिइन्।

उनका अनुसार नेपालले पछिल्ला वर्षहरूमा विनाशकारी श्रृंखलाबद्ध रूपमा गम्भीर मौसमी समस्या भोगिरहेको छ। बाढी, हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव वन डढेलोले देशभर ठूलो क्षति पुर्याएको उनको भनाइ छ। परराष्ट्रमन्त्री राणाले नेपाल विश्वले अब जलवायु परिवर्तनको विरुद्धमा एक जुट भएर काम गर्नुपर्ने आवश्यकता जोड दिँदै यसका लागि ठोस नीतिगत व्यवहारिक कदमहरू चाल्नुपर्नेमा जोड दिइन्।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।