२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

हेटौंडा गैरीगाउँमा माछा बोकेको गाडी जमिन भासिएर दबियो, भूगर्भविद् टोलीको अध्ययन

वैशाख २० गते हेटौंडा उपमहानगरपालिका–१६ १७ को सीमाक्षेत्र गैरीगाउँमा माछा बोकेको एउटा पिकअप भ्यान जमिन भासिएर दबिएको घटना भएको थियो। दुई दिनसम्म खोजपड्ताल गर्दा पनि गाडी फेला नपरेपछि उपमहानगरपालिकाले खानी तथा भूगर्भ विभागका विशेषज्ञहरूसहितको टोलीलाई अध्ययनका लागि बोलाएको थियो।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी, कृष्ण पाण्डे, सहायक भूगर्भविद् मणि खनाल जियोटेक्निकल ल्याबका प्राविधिक अमरबहादुर थापा समेटिएको टोलीले दुई दिनको अध्ययनपछि उक्त घटनाको मुख्य कारण जमिनभित्र सिल्ट माटोको पाइपिङ (निष्कासन) भएको बताएको छ। यसले जमिन कमजोर भएर भासिएको निष्कर्ष निकालेको छ। विशेषज्ञहरूले प्रोटोन म्याग्नेटोमिटर नामक उपकरण प्रयोग गरी भासिएको ठाउँमा धातुजन्य वस्तु फेला परेको जानकारी दिएका छन्। यसबाट गाडी जमिन मुनि करिब मिटर गहिराइमा हुन सक्ने अनुमान गरिएको छ। तर गाडी निकाल्न जोखिमयुक्त हुने उल्लेख गरिएको छ।

वैशाख २० गते जमिन भासिँदा ठूलो खाडल बनेको थियो वरिपरिका जमिनमा पनि धाँजा फाट्न, माटो खस्न सुरु भएको थियो। अहिले त्यो क्षेत्र दलदल जस्तो बनेको ठूलो खाडल पर्न सक्ने जोखिमका कारण टोलीले थप अध्ययन नगरी फर्किएको हो। अध्ययन टोलीका अनुसार गाडी निकाल्न करिब २५ मिटर टाढा २५ डिग्री झुकाव बनाएर खन्नुपर्ने हुन्छ करिब २०० टिपर माटो हटाउनुपर्ने हुनसक्छ। जमिनको अवस्था जोखिमयुक्त भएकाले विशेषज्ञहरूको निगरानीमा मात्र गाडी निकाल्नुपर्ने सुझाब समेत दिइएको छ।

यो क्षेत्रमा २० वर्षअघि पनि भूगर्भीय अध्ययनले माटो सिल्टयुक्त रहेको देखाएको थियो। गाडी भासिएको स्थानमा पाँच वर्षअघि गरिएको बोरिङले धमिलो पानी निकाल्दा सिल्ट निष्कासनले जमिन भास्न थालेको टोलीले जानकारी दिएको छ। सिल्टयुक्त पानी बाहिर निस्कँदा जमिन भित्र भ्याङ बढ्दै जान्छ अन्ततः जमिन भास्ने सिन्क होल बन्न पुग्ने अवस्था आएको छ ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।