२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटको बहस सकियो, आदेश आउन बाँकी

जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा शुक्रबार केहीबेर अघि बहस सम्पन्न भएको हो। अहिले आदेश आउन बाँकी रहेको छ।

मिश्रलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्। उनले अदालतमार्फत आफ्नो पति रिहा गर्नुपर्ने माग राखेकी छन्। मिश्रलाई प्रहरीले १५ चैतमा तीनकुनामा भएको राजावादी प्रदर्शनपछि पक्राउ गरेको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई थप पाँच दिनको म्याद दिएको छ। यो मुद्दामा सर्वोच्च अदालतले छिट्टै निर्णय दिने अपेक्षा गरिएको छ, जसले रवीन्द्र मिश्रको जेल बसाइको कानुनी पक्षमा स्पष्टता दिनेछ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।