२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

३२ औँ मदन–आश्रित स्मृति दिवस आज विभिन्न कार्यक्रमसँगै मनाइँदै

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महान नेता मदनकुमार भण्डारी जीवराज आश्रितको ३२ औं स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुस्थित मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्दै स्मृतिसभा आयोजना गरिएको छ। एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय स्थापना गर्न मदन भण्डारीले मुख्य भूमिका निर्वाह गरेका थिए।

विसं २०४६ सालको जनआन्दोलन सफलतापछि तत्कालीन नेकपाले राजधानीको बागबजारमा नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय स्थापना गरेको थियो। पछि त्यो कार्यालय बल्खुमा सारिएको थियो। २०७२ सालको भूकम्पका कारण कार्यालयमा ठूलो क्षति पुगेपछि त्यो कार्यालय भत्काएर नयाँ ठाउँमा सरेको थियो। सो परिसरको बीचमा मदन भण्डारीको प्रतिमा राखिएको छ। त्यसपछि एमालेको कार्यालय कहिले धूम्रबाराही कहिले थापाथली सारिँदै हाल च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ। मदन–आश्रित स्मृति दिवसमा बल्खुस्थित पुरानो कार्यालय त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्व पाउँछन्

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।