२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा, पर्यटक उद्धार र हेलिकप्टर उडानको व्यवस्थापनमा जोड

सोलुखुम्बु, ३ जेठगृहमन्त्री रमेश लेखकले आज सगरमाथा आधार शिविर क्षेत्रको निरीक्षण गरेका छन्। पर्यटकीय सिजन नजिकिँदै गर्दा आरोहीहरूको अवस्था शान्ति सुरक्षाको प्रत्यक्ष अवलोकन गर्न उनी खुम्बु पासाङल्हामु गाउँपालिका–स्थित आधार शिविर पुगेका थिए। गृहमन्त्री लेखकले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग पर्यटकहरूको सहजताका लागि हेलिकप्टर उडानलाई सहज प्रभावकारी बनाउन सरकारले सक्रिय भूमिका खेल्ने बताए। उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै, “सरकार हेलिकप्टर उडानमा रोक लगाउने होइन, अनावश्यक अव्यवस्थित उडानलाई नियमन गर्नेछ,” भने।

सगरमाथा क्षेत्रमा उद्धार बाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने स्थानीय माग लामो समयदेखि उठ्दै आएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकप्टरको दुरुपयोग हुन नदिन नियमित उडानमा प्रतिबन्धको आग्रह गर्दै आएको छ। तर, पर्यटक व्यवसायीहरूले अत्यधिक प्रतिबन्धले व्यवसायमा नकारात्मक प्रभाव पर्ने भन्दै नियमनसहित स्वतन्त्र उडानको पक्षमा छन्। गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली पनि सगरमाथा क्षेत्रमा देखिएका समस्या बारे जानकारी राखेको समस्याको समाधानका लागि ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन भइरहेको बताए।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।