२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, आंशिक वर्षाको सम्भावना

काठमाडौं — हाल देशभर पश्चिमी वायु स्थानीय वायुको प्रभाव रहँदा बंगालको खाडी अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले यही जानकारी सार्वजनिक गरेको छ। पछिल्लो एक घन्टामा कोशी, मधेस, बागमती, गण्डकी कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको रेकर्ड गरिएको छ। शुक्रबार बेलुका हावाहुरीसहितको वर्षाले विभिन्न भूभागमा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।

पछिल्लो चौबीस घन्टामा देशका अधिकांश भूभागमा वर्षा भएको भने शनिवार दिउँसो कोशी, बागमती, गण्डकी लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मुख्यतः सफा वा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी लगायतका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। जलवायु परिवर्तन मौसमी प्रभावका कारण कतिपय स्थानमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक हवाई यातायातमा समस्या आउन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।