२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा भारी वर्षा, चट्याङसँगै सतर्कता अपनाउन आग्रह

जेठ, काठमाडौं — काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी लुम्बिनी प्रदेशका धेरै जिल्लामा वर्षा भइरहेको छ । विशेषगरी काठमाडौं उपत्यका, सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक गुल्मी जिल्लामा वर्षासँगै चट्याङ परेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । एक घण्टामा सबैभन्दा बढी वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड गरिएको छ, जहाँ ३५.४ मिलिमिटर पानी परेको छ । त्यसपछि काभ्रेको खोपासी (पनौती) क्षेत्रमा १० मिलिमिटर वर्षा भएको छ ।

गत १२ घण्टामा सबैभन्दा धेरै वर्षा स्याङ्जामा रेकर्ड गरिएको छ, जहाँ १०७ मिलिमिटर पानी परेको विभागले जनाएको छ । यद्यपि कर्णाली सुदूरपश्चिम प्रदेशका जिल्लामा भने फाटफुट्ट वर्षा मात्र भएको छ । हाल देशभरि पश्चिमी वायु स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् । अत: सबैलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।