४ जेठ, काठमाडौं । काठमाडौं महानगरका दुई स्थानमा जुवातास खेल्दै गरेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सोही ठाउँका ६६ वर्षीय भीम संगतसहित ७ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ७ हजार ९ सय १५ रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने दोलखा भिमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेतसहित १० जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार दुवै घटनामा संलग्न पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।












