२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

अनधिकृत पत्र प्रकरण : सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट १ लाख धरौटीमा रिहा

जेठ, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई लिखत किर्तेसम्बन्धी मुद्दामा अनुसन्धानपछि धरौटीमा छोड्न आदेश दिएको हो। विष्टले अनधिकृत रूपमा पत्र जारी गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन दिएको आरोप लागेको थियो। यस घटनापछि प्रहरीले उनलाई पक्राउ गरी लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि प्रहरीले प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सोही आधारमा वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो।

विष्टविरुद्ध मुद्दा चलिरहे पनि उनी फिलहाल एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। यस प्रकरणले अदालत प्रशासनभित्र देखिएको स्वेच्छाचारिता अधिकारको सीमाबारे बहस उठाएको छ। एक जना शाखा अधिकृतबाट कानुनी प्रक्रिया बाहिर गएर व्यक्तिको पक्राउसम्बन्धी निर्देशन दिनु नै न्यायपालिकाको गरिमामा आँच आउने विषय भएको भन्दै विभिन्न कानुनी निकायहरूबाट आलोचना भएको थियो। अब यो मुद्दाको विस्तृत सुनुवाइ हुँदै जानेछ दोष वा निर्दोष पुष्टि न्यायिक प्रक्रियामार्फत हुनेछ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।