२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

पछिल्लो १२ घण्टामा कास्कीमा सबैभन्दा बढी वर्षा, चितवन, रौतहट र सप्तरी पनि प्रभावित

जेठ, काठमाडौं । नेपालका विभिन्न भागमा गत १२ घण्टामा अत्यधिक वर्षा भएको छ। विशेष गरी कास्की, रौतहट, चितवन सप्तरी जिल्लामा अत्यधिक वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा बढी वर्षा कास्की जिल्लामा मापन गरिएको छ, जहाँ १२०.२ मिलिमिटर पानी परेको हो। त्यसपछि रौतहटमा ११९.६ मिलिमिटर, चितवनमा १०० मिलिमिटर सप्तरीमा १०७.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

मौसम महाशाखाले दिएको जानकारीअनुसार सोमबार दिउँसो हाल रोल्पा, कास्की, गोरखा, काठमाडौं (कीर्तिपुर), दोलखा सर्लाही लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मधेश, बागमती, गण्डकी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मौसम आंशिकदेखि पूर्ण बदली रहँदै केही स्थानमा हल्का पानी पर्ने क्रम जारी छ। महाशाखाले सम्भावित वर्षाका कारण सतर्कता अपनाउन आग्रह गर्दै पहिरो, बाढी सडक अबरुद्ध हुने सम्भावना रहेको जनाएको छ। स्थानीय बासिन्दालाई सतर्क रहन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। यस प्रकारको वर्षा खासगरी खेतीपातीका लागि उपयोगी भए पनि पूर्वतयारी बिना आएको बाढी वा भू–स्खलनले जनधनको क्षति हुन सक्ने भएकाले प्रशासन नागरिक दुवै सतर्क रहनुपर्ने विज्ञहरूको सुझाव छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।