२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोकथाम तीव्र, सिमलताल दुर्घटनाबाट लिइयो पाठ

चितवन, जेठवर्षायाममा पहिरोको उच्च जोखिम रहने नारायणगढ–मुग्लिन सडकखण्डमा पूर्वतयारीका कामहरू तीव्र पारिएका छन्। गत वर्ष सिमलताल क्षेत्रमा आएको भीषण पहिरोले दुईवटा रात्रिकालीन बस त्रिशूलीमा खसालेपछि ३९ जना अझै बेपत्ता छन्। यसपटक यस्तै घटना नदोहरियोस् भनेर सडक विभाग सुरक्षा निकायले संयुक्त तयारी थालेका छन्। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर नारायण लामिछानेका अनुसार, संवेदनशील क्षेत्रहरूमा साना ‘चेक ड्याम’ निर्माण, खोल्सो सफाइ तथा लाइनिङजस्ता संरचनात्मक कामहरू सम्पन्न भइसकेका छन्। सिमलताल, मौरी खोला, कालीखोला जस्ता जोखिमयुक्त ठाउँमा विशेष सावधानी अपनाइएको छ।

त्यस्तै, सेतीदोभान क्याम्प भरतपुर कार्यालयमा स्काभेटर, ब्याक्होलोडर, मिनी टिपर, ट्रकजस्ता उपकरण तयारी अवस्थामा राखिएको जानकारी उनले दिए। “यदि पहिरो खसे पनि तत्काल पन्छाउने पूर्वतयारी मिलाइएको छ,” लामिछानेले भने। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार, सुरक्षा निकाय, सडक विभाग अन्य सरोकारवालाबीच छलफल गरी समन्वयात्मक ढंगले आपतकालीन व्यवस्थापनका उपायहरू तय गरिएको छ।

गत वर्ष असार २८ गते राति वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल्स डिलक्स काठमाडौँबाट गौरतर्फ गइरहेको गणपति डिलक्स बस सिमलतालमा लेदोसहितको पहिरोमा फसेर त्रिशूलीमा खसेका थिए। ती दुर्घटनामा ६२ जना सवारमध्ये जना जीवित उद्धार भएका थिए, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता छन्। त्रिशूली नदीमा उच्च बहावका कारण घटनापछि लामो समयसम्म खोजीकार्य भए पनि बसहरू बेपत्ताहरू फेला पार्न सकिएको छैन। तीमध्ये केही शव भारतमा समेत भेटिएका थिए। स्थानीय प्रशासनले यसवर्ष यस्ता दुर्घटनाको पुनरावृत्ति हुन नदिन सतर्कता सक्रियता बढाएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।