२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

रवि लामिछानेको थुनासम्बन्धी रिट सर्वोच्चमा ‘हेर्दाहेर्दै’मा

काठमाडौं, जेठराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भए पनि टुंगो लाग्न सकेन। मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी बालकृष्ण ढकालको इजलासमा प्रारम्भ भएको सुनुवाइ नसकिएकाले रिट ‘हेर्दाहेर्दै’मा राखिएको हो। लामिछानेकी पत्नी निकिता पौडेलले गत वैशाख गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।

तर यो रिट यसअघि पटकसम्म ‘हेर्न नमिल्ने’मा परेको थियो। मंगलबार सातौं प्रयासमा बल्ल सुनुवाइ सुरु भएको हो। उक्त रिटमा लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासद्वारा गरिएको थुनासम्बन्धी आदेशविरुद्ध चुनौती दिएका हुन्। उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको थुनामुक्त गर्ने आदेश उल्ट्याउँदै चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो। हाल रवि लामिछाने पुर्पक्ष थुनामा रुपन्देही कारागारमा रहेका छन्। अदालतले अन्तिम निर्णय नहुँदासम्म कानुनी लडाइँ जारी रहने देखिएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।