२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

वैदेशिक रोजगारीको प्रलोभन देखाई २६ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं, जेठ। दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीन जनाबाट लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा एक युवक काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–१६, पेप्सीकोलामा बस्दै आएका सुनसरी इनरुवा नगरपालिका–निवासी ३२ वर्षीय रमेश कुमार यादव रहेका छन्। उनीमाथि आकर्षक तलबको लोभ देखाई वैदेशिक रोजगारीका नाममा जना पीडितहरूबाट २६ लाख ८० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएको आरोप लागेको छ।

पीडितहरूले दिएको जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले यादवलाई पेप्सीकोलाबाट मंगलबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका यादवलाई वैदेशिक रोजगारसम्बन्धी आवश्यक अनुसन्धान कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार यादवले वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने भन्दै विश्वास जितेका थिए तर पैसा लिएपछि सम्पर्क तोडेका थिए। यस्ता ठगीका घटनाहरू दोहोरिन नदिन प्रहरीले सचेत रहन कुनै पनि रकम बुझाउनु अघि प्रामाणिक प्रक्रिया अपनाउन नागरिकहरूलाई आग्रह गरेको

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।