२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

आईएसआईका लागि काम गरेको आरोपमा एक नेपाली दिल्लीमा पक्राउ

८ जेठ, काठमाडौं – भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको खुफिया संस्था इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) को पक्षमा जासुसी गरेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन्। दिल्ली प्रहरीको विशेष अपरेशन अन्तर्गत पक्राउ परेका ती व्यक्ति अन्सरुल मियान अन्सारी रहेको भारतीय पत्रिका आउटलुक इन्डियाले उल्लेख गरेको छ। दिल्ली प्रहरीले सन् २०२५ को सुरुबाट सञ्चालनमा ल्याएको अपरेशनका क्रममा अन्सारीसहित दुई जनालाई पक्राउ गरिएको बताइएको छ। उनीहरूमाथि दिल्लीको तिहाड जेलमा थुनामा राखिएको छ। अदालतमा मुद्दा दर्ता गरेपछि यो जानकारी सार्वजनिक भएको हो।

भारतीय समाचार संस्था एएनआईका अनुसार अन्सारी अघिल्लो समय कतारमा ट्याक्सी चालकको रूपमा कार्यरत थिए। त्यहीँ उनले आईएसआईको एजेन्टसँग सम्पर्क स्थापित गरेका थिए र पछि पाकिस्तान गएर तालिम लिएको दाबी गरिएको छ। तालिम पश्चात नेपाल हुँदै उनी दिल्ली पठाइएका थिए। यो समग्र अपरेशनलाई दिल्ली प्रहरीले ‘गोप्य अपरेशन’का रूपमा सञ्चालन गरेको र भारतका केन्द्रीय सुरक्षा एजेन्सीहरू समेत संलग्न भएको एएनआईले जनाएको छ। दिल्ली प्रवेशपछि आईएसआईको स्लीपर सेलको हिस्सा बनेको आरोप उनीमाथि लगाइएको छ। स्लीपर सेल भन्नाले नियमित नागरिकको रूपमा बसेका व्यक्तिहरू, जो आवश्यकताका बेला सक्रिय भई जासुसी वा अन्य गतिविधि सञ्चालन गर्न प्रयोग गरिन्छ।

अघिल्ला वर्षहरूमा पनि आईएसआईसँग जोडिएका भनिएका केही नेपाली नागरिकहरू नेपालभित्रै अज्ञात समूहद्वारा हत्या गरिएको घटनाहरू सार्वजनिक भएका थिए। यसले नेपाल र भारत दुबैका सुरक्षानिकायबीचको समन्वय, सूचना आदानप्रदान र अन्तर्राष्ट्रिय जासुसी सञ्जालबारे गम्भीर प्रश्न उठाइरहेको छ ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।