२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

त्रिभुवन विमानस्थल भिजिट भिसा प्रकरणमा ५ जनालाई अख्तियारले एक साता छाड्यो

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाउने क्रममा रकम असुलीको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक साताको तारिखमा छाडेको छ । बुधबार पक्राउ परेका भट्टराईसहित भक्तपुरका खगेन्द्र सुवेदी, सीआईटी कलेजमा कार्यरत कविता पौडेल र हात्तीसारस्थित ट्राभल एजेन्सी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कालाई अर्को साता उपस्थित हुने गरी अख्तियारले तारिखमा राखेको हो । अख्तियारका स्रोतका अनुसार उनीहरूसँग बरामद डिभाइसहरू विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन समय लाग्ने भएकाले त्यो समयसम्म उनीहरूलाई छाडिएको हो ।

उनीहरूलाई बिहीबार अनुसन्धानका लागि डाकिएको थियो । त्रिभुवन विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट मंगलबार साँझ गृह मन्त्रालय तानिएका सहसचिव भट्टराईलाई बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर बिहीबार उपस्थित हुने सर्तमा रिहा गरिएको थियो । अख्तियारको प्रारम्भिक अनुसन्धानमा भिजिट भिसा पठाउने क्रममा मानव तस्करसँग सेटिङ गरी प्रति व्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने तथ्य बाहिर आएको छ । अनुसन्धानमा सहसचिव भट्टराईसहित विमानस्थलका अन्य कर्मचारीसमेतको संलग्नता देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । बुधबार अख्तियारले विमानस्थल अध्यागमनमा छापा मारेर विद्युतीय उपकरण र कागजातहरू नियन्त्रणमा लिएको थियो । त्यस क्रममा काठमाडौंबाट एउटा ट्राभल एजेन्सी र भक्तपुरमा दुई जना व्यक्तिका घरबाट पनि सामग्री बरामद गरिएको छ ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।