२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

तीनकुने हिंसात्मक प्रदर्शन : १०८ जनाविरुद्ध मुद्दा सिफारिस, रवीन्द्र मिश्र, धवल राणा र दुर्गा प्रसाईं अभियोजनको सिफारिसमा

 काठमाडौंको तीनकुनेमा दुई महिनाअघि भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित घटनामा १०८ जनाविरुद्ध मुद्दा दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सिफारिस गरेको छ। प्रहरीले उनीहरूलाई संगठित अपराध, ज्यानसम्बन्धी कसुर, आपराधिक उपद्रव र राज्यविरुद्धको अपराधमा अभियोग लगाउन सिफारिस गरेको हो। प्रहरीका अनुसार तीमध्ये ९० जनालाई अदालतमा उपस्थित गराइनेछ भने १८ जना फरार छन्। एसपी अपिलराज बोहराका अनुसार ४३ जनाविरुद्ध संगठित अपराध अन्तर्गत मुद्दा चलाउनु पर्ने राय छ।

प्रहरी अनुसन्धान अनुसार राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईं घटनाका योजनाकार हुन्। तीमध्ये प्रसाईं अहिले थुनामा छन् भने मिश्र र राणा हाजिरी जमानीमा छुटेका छन्। त्यस दिनको प्रदर्शनका क्रममा तीनकुनेस्थित एक घरमा आगजनी हुँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। उक्त घटनामा संलग्न भनिएका सात जनाविरुद्ध समेत मुद्दा सिफारिस गरिएको छ। यस्तै, प्रहरीको गोली लागेर एक सर्वसाधारणको पनि मृत्यु भएको थियो। केही घाइतेहरू अझै अस्पतालमै उपचाररत छन्।

प्रदर्शनकारीहरूले घर, पसल तोडफोड तथा लुटपाटसमेत गरेको प्रहरीको भनाइ छ। यद्यपि पक्राउ परेका केही व्यक्तिलाई भने मुद्दा नचलाउने राय पनि प्रहरीको प्रतिवेदनमा उल्लेख छ। सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार अनुसन्धान प्रतिवेदन प्राप्त भइसकेको छ र आइतबार अदालतमा मुद्दा दर्ता गरिनेछ। संगठित अपराधसम्बन्धी मुद्दामा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रावधानअनुसार म्याद सकिन लाग्दा प्रतिवेदन बुझाइएको हो। उता, व्यवसायी दुर्गा प्रसाईंमाथि बैंक कर्जा दुरुपयोगसम्बन्धी अर्को छुट्टै मुद्दा पनि उच्च अदालतमा दर्ता गर्ने तयारी भइरहेको छ ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।